46 नम्बर वार्ड तृणमूल नेता दिलीप बर्मनको सहयोगमा छठ व्रतिहरूलाई पुजा सामग्रीहरू वितरण

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत दार्जिलिङ मोड़ संलग्न ग्यास गोडाउन इलाकाका लगभग 2 सयजना छठव्रतिहरूलाई तृणमूल कांग्रेस नेता दिलीप बर्मनको सहयोगमा पुजा सामग्रीहरू वितरण गरियो। आज लगभग 2 सयजना श्रद्धालुहरूलाई पुजन सामग्रीहरू जस्तै सुप, फलसाड़ी वितरण गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार, युवा अध्यक्ष कुन्तल राय, तृणमूल नेता वेदब्रत, निखिल सहनी, एसजेडीएका भाइस चेयरम्यान नान्टु पाल, गोपाल साहा र दिलीप बर्मन लगायत अन्य तृणमूल नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *