46 नम्बर वार्ड युवा तृणमूलको पहलमा वार्ड कर्मचारीहरूलाई खाद्य सामग्री र लुगाफाटा वितरण

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको पहलमा वार्ड पार्षदको सहयोगितामा आवश्यकमन्द वार्ड कर्मचारीहरूलाई आज खाद्य सामग्री र नयाँ लुगाफाटा वितरण गरियो। आज वार्ड कार्यालय अघि एउटा कार्यक्रमबीच पार्षद दिलीप बर्मनको उपस्थितिमा 61 जना आवश्यकमन्द वार्ड कर्मचारीहरूलाई खाद्य सामग्री र नयाँ लुगाफाटा वितरण गरियो।


यस अवसरमा वार्ड पार्षद दिलीप बर्मनले भने, वार्डलाई सफा-सुग्घर राख्न लगायत अन्य केही समस्याहरूको समाधान नगरनिगमका वार्ड कर्मचारीहरूले गर्ने गर्दछन्। यसैले दुर्गा पुजाको केन्द्र गरेर आज 46 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको पहलमा 61 जना वार्ड कर्मचारीहरूलाई खाद्य सामग्री र नयाँ लुगाफाटा वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *