47 नम्बर वार्डका तृणमूल प्रार्थीलाई जिताउने अपील

सिलगढी: सिलगढी नगरनिगम चुनाउलाई मध्यनजर राखेर यहाँको वार्ड नम्बर 47 मा नेपाली/गोर्खा समुदायका मानिसहरूलाई लिएर हिजो साँझ एउटा सभाको आयोजना गरियो। उक्त सभामा तृणमूल कङ्ग्रेस उम्मेद्वार 47 नम्बर वार्ड प्रार्थी अमर आनन्द दास, टीएमसी नेता राजेन सुन्दास, तृणमूल कङ्ग्रेस राज्य युवा सचिव जेपी कनोडिया, टीएमवाईसी नेता सुपेन्द्र प्रधान आदिको प्रमुख उपस्थिति रहेको थियो। उक्त सभामा 47 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थीलाई सबैले मतदान गरेर आउँदो नगर निगम चुनाउमा जिताउनु पर्छ भन्ने कुरा वक्ताहरुले सभामा उपस्थित मानिसहरूलाई व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *