490 ग्राम ब्राउन सुगर सहित 4 जना पक्राउ

सिलगढी : एसओजी र  मतिगढा थाना पुलिसले संयुक्त अभियान चलाएर गत राति बाइपास इलाकाबाट धेरै मात्रामा ब्राउन सुगरसहित 4 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू मतिगढाको विश्वास कोलनी निवासी रूकसाना बेगम र कल्पना खातुन नाम गरेको 2 जना महिला अनि सोला खान र एमडी इद्रिश अली नाम गरेको 2 जना व्यक्ति सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति पक्रा परेका चारजना आरोपी एउटा वाहनमा सवार भएर इस्लामपुरबाट ब्राउन सुगर लिएर सिलगढी आइरहेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र मतिगढा थाना पुलिसले मतिगढा बाइपास नजिक संयुक्त अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा 490 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 90 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *