4 वर्ष पछि भारत-नेपाल सिमानाबाट विदेशी नागरिकको यात्रामा रोक हटाइयो, व्यवसायीहरू खुशी

खोरीबारी (निसं): चार वर्ष पछि विदेशी नागरिकहरू पनि अब खोरीबारी पानीट्याङ्कीस्थित भारत-नेपाल सीमा पार गर्न सक्नेछन्। केन्द्रीय गृह मन्त्रालयको इमीग्रेशन कार्यालयले कोविदको समयदेखि नै तेस्रो देशका नागरिकहरूलाई यात्रा गर्नमा रोक लगाएको थियो।
यसले गर्दा कोविद पछि पर्यटकहरूले असुविधाको सामना गर्न परिरहेको थियो। यसको साथै व्यवसायीहरूलाई पर्यटन व्यवसाय तथा सीमा व्यापारमा समस्याको सामना गर्न परिरहेको थियो। अब प्रतिबन्ध हटाइदिए पछि सिमानाका व्यापारीहरू खुशी देखिन्छन्। यस सम्बन्धमा पानीट्याङ्की व्यवसायी समितिका अध्यक्षले भने, कोविद पछि व्यवसायीहरूले धेरै नोक्सान भोग्दै आइरहेका थिए। विदेशी नागरिकहरूले पानीट्याङ्कीको नाम समेत भूलिसकेका थिए। प्रतिबन्ध हटाइए पछि अब फेरि पुरानो गौरव फर्की आउने छ साथै सीमामा व्यापारमा पनि तेजी आउने छ।
यसैगरी, पर्यटन व्यवसायी सम्राट सान्यालले भने, यो पर्यटन उद्योगको लागि राम्रो खबर हो। एकै समय भारत, नेपाल, सिक्किम र भोटाङको यात्रा गर्ने विदेशी पर्यटकहरूले पनि सीमा बन्द भएकोले धेरै समस्याको सामना गर्न परिरहेका थिए। तर अब कुनै समस्या हुने छैन। परिणामस्वरूप भारत र नेपालको पर्यटन उद्योगमा नयाँ ज्वार आउने छ। यो दुवै देशको लागि राम्रो खबर हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *