4 वर्षीय नानीलाई दुष्कर्म गरेको आरोपमा नाबालक पक्राउ

सिलगढी, 23 नोभेम्बर (निसं): सिलगढीमा चार वर्षको नानीलाई दुर्ष्कम गरेको घटना प्रकाशमा आएको छ। 14 वर्षीय एकजना नाबालकले उक्त नाबालिकालाई दुष्कर्म गरेको आरोप रहेको छ। यो घटना शुक्रवार सिलगढीको आशीघर आउटपोस्ट थाना इलाकामा घटेको हो। उक्त घटनामा आरोपी नाबालकलाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार आरोपी नाबालक आफ्नो आमासित भाडाको घरमा बस्थे। अन्य दिनहरूमा झै गत शुक्रवार पनि आमा काममा गएपछि नाबालक घरमा एक्लै थिए। यस अवधि छिमेकी 4 वर्षीय छोरी घर बाहिर खेलिरहेकी थिइन्। यसपछि तिनलाई टीभी देखाउँछु भनेर घरमा लिएर आएपछि नानीसित कथित रूपमा तिनले दुर्ष्कम गरे। नानी चिच्चाएको सुनेपछि चीख छिमेकी एकजना महिला घरमा पुगेपछि तिनी भागे। घटना पछि नानीलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पुऱ्याए अनि आशीघर पुलिस आउटपोस्टमा एउटा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले नाबालकलाई पक्राउ गरेको छ। आरोपी नाबालकलाई आज जुवेनाइल कोर्टमा पठाइयो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş