4 वर्षीय नानीलाई गोली हानेर मारे आफ्नै मत्थु बाबुले

रायगञ्ज : उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज झिटकिया गाउँमा चार वर्षको नानीलाई गोली चलाएर हत्या गरेको आफ्नै मत्थु बाबुविरुद्ध आरोप उठेको छ। घटनापछि आरोपी बाबु नास्तार अलीले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार नास्तार अली र तिनको स्वास्नीमाझ दिनहुँ झगडा हुने गरेको साथै नास्तारले दाइजोको मागमा आफ्नी स्वास्नीमाथि कुटपीट साथै अत्याचार गर्ने गर्दथे। गत बुधबार पनि नास्तार अलीले मातेको अवस्थामा घरमा आएर स्वास्नीसित झगडा गरिरहेको समय तिनले आफ्नो 4 वर्षीय छोरा साहिललाई गोली चलाएर घाइते बनाएपछि स्थानीय मानिसहरूको सहयोगमा साहिललाई उद्धार गरेर रायगंज मेडिकल कलेज एवम् अस्पतालमा पुर्‍याए तापनि केही समयपछि नै तिनको मृत्यु भयो। रायगञ्ज पुलिसले घटनाको जाँच गर्नको साथै आरोपी बाबुको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *