4 जना नगर पार्षदलाई अयोग्य ठहराउनु पर्ने लगायत अन्य माग गर्दै महकुमा शासकलाई चढाए अर्जी पत्र

दार्जिलिङ (निसं): दार्जिलिङ नगरपालिकाको 4 जना नगर पार्षदहरूलाई अयोग्य ठहराउनु पर्ने माग गर्दै दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले महकुमा शासकलाई भेटेर अर्जी चढाए। गत 28 नोभेम्बरको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दार्जिलिङ नगरपालिकामा फ्लोर टेस्टको माग गर्दै चेयरम्यान, भाइस चेयरम्यानलाई नोटिस सुम्पिएको थियो। यसपछि दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा लगायत अन्य नगरपार्षदहरूले आज महकुमा शासक दुलेन रायसँग भेट गरेर चढाए अर्जी पत्र। यस अवसरमा तिनीहरूसित वरिष्ठ अधिवक्ता श्यामलाल प्रधान लगायत अन्य अधिवक्ताहरू साथमा थिए। नगरपालिकाको चेयरम्यानहरूले तीनवटा भिन्न-भिन्नै विषयमा महकुमा शासकलाई अर्जी चढाए।


महकुमा शासकसित भेट गरेपछि दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेले पत्रकारहरूसँगको कुराकानीमा आफुले महकुमा शासक समक्ष तीनवटा भिन्न-भिन्नै विषयमा अर्जी चढाएको बताए, जसमा 4 जना नगर पार्षदहरू क्रमैले दिपेन ठकुरी, सितम लामा, शरण कुमार छेत्री र विष्णु मल्ललाई अयोग्य ठहराउनु पर्ने माग गरिएको तिनले जानकारी दिएका छन्। त्यसरी नै गणेश सार्की एकजना निर्वाचित नगरपार्षद हुँदा हुँदै तिनले नगरपालिकाको नियम विरूद्ध काम गरेको साथै जाली हस्ताक्षर गरेको अनि निर्वाचित नगरपार्षदले अर्को निर्वाचित नगरपार्षदहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाउँदै तिनीहरूसँग सामेल गराउने प्रयास गरेको आदि जस्ता भिन्न-भिन्नै तीनवटा विषयमा महकुमा शासक समक्ष अर्जी चढाएको तिनले बताए। यसै सन्दर्भमा दार्जिलिङ नगरपालिकाको वरिष्ठ अधिवक्ता श्यामलाल प्रधानले पत्रकारहरूलाई बंगाल नगरपालिका एक्ट अन्तर्गत 1993-को आधारमा आफुहरूले तीनवटा भिन्न-भिन्नै विषयमा महकुमा शासक दुलेन राय समक्ष अर्जी चढाएको जानकारी गराए। दिपेन ठकुरी, शरण कुमार छेत्री, सितम लामा र विष्णु मल्ल अन्य राजनीति दलमा सामेल भएकोमा तिनीहरूलाई अयोग्य ठहराउनु पर्ने माग गरिएको पनि तिनले बताए। तिनले स्पष्ट शब्दमा अझ भने, कुनै पनि उम्मेद्वार निर्वाचित भएर बोर्ड गठन गरिसकेपछि अन्य दलमा सामेल भएको खण्डमा तिनीहरूलाई अयोग्य ठहराउने कानूनी प्रवाधान रहेको अधिवक्ता प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *