4 जना प्रेमिका एकैसाथ प्रेमीको घरमा आइपुगे, युवकले पिए विष

कुचबिहार: सबै कुरा ठीक ठाक रहे तापनि अचानक एकैचोटी घरमा आइपुगे 4 जना प्रेमिका । यसपछि युवकले विष खाएर आत्महत्या गर्ने प्रयास गरे। उक्त घटना कुचबिहारको माथाभांगा 1 नम्बर ब्लकको जोरपटकी ग्राम पञ्चायत अन्तर्गत भुरकुंडा गाउँको हो। प्राप्त जानकारी अनुसार उक्त युवक एउटा दवाई दोकानमा काम गर्थे, जसको एकैचोटी 4 जना प्रेमिका थिए। तर यसबारे पहिला कसैलाई पनि थाहा थिएन तर अचानक सबै प्रेमिकाले थाहा पाएपछि तिनीहरू चारैजना उक्त व्यक्तिको घरमा एकै साथ पुगे। ती युवतीहरूमध्ये 2 जना घोक्साडांगा, एकजना भाउर थाना र अर्को गोलकगंज निवासी रहेको बताइएको छ। अचानक चारैजना प्रेमिका एकैसाथ आफ्नो घरमा आइपुगेको देखेर युवक अच्चमित बने। यसपछि तिनीहरूसित केही वाद-विवाद शुरू भएपछि युवकले घरभित्र पसेपछि विष पिएर आत्महत्या गर्ने प्रयास गरे। यसपछि तिनलाई गम्बीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *