4 नम्बर बोरो कार्यालयमा बुस्टर डोज एवम् स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको स्वास्थ्य विभाग एवम् लायन्स क्लब अफ सिलगढीको पहलमा तथा 4 नम्बर बोरो कमिटीको सञ्चालनमा निःशुल्क स्वास्थ्य, नेत्र जाँच र रक्तदान शिविरको आयोजना गरियो। 4 नम्बर बोरो कार्यालयमा आयोजना गरिएको उक्त शिविरको नगरनिगम चेयरम्यान प्रतुल चक्रवर्तीले दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्यो।


उक्त शिविरमा लगभग 400 जना नगर कर्मी तथा साधारण मानिसहरूलाई कोरोनाको बुस्टर डोज पनि लगाइयो। यस अवसरमा मेयर परिषद दुलाल दत्त, बोरो चेयरम्यान जयन्त राय, 27 नम्बर वार्ड पार्षद प्रशान्त चक्रवर्ती र लायन्स क्लब अफ सिलगढीका अधिकारी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *