4 नम्बर बोरो अफिसमा ‘द्वारे सरकार’ कार्यक्रमको आयोजना

सिलगढी : राज्य सरकारको पहलमा राज्यभरिमै आजदेखि द्वारे सरकारकार्यक्रम शुरू गरियो। यस अभियान अन्तर्गत गत दस वर्षमा सरकारद्वारा शुरू गरिएको विभिन्न नीति, परियोजना एवम् विकास कार्यहरूबारे राज्यका मानिसहरू समक्ष पुर्‍याउनको साथै तिनीहरूको समस्याहरू सुनिनेछ। प्रत्येक ग्राम पञ्चायत, नगरपालिका साथै नगरनिगममा आगामी 30 जनवरीसम्म शिविरको आयोजना गरिने भएको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 4 नम्बर बोरो अफिसमा उक्त कार्यक्रमको आयोजना गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार पनि उपस्थित थिए। उक्त कार्यक्रमको माध्यमद्वारा साधारण मानिसहरूले अधिक लाभ उठाउनेछन् भनी तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *