4 सय मानिसहरूलाई कम्बल वितरण

कुचबिहार : मारवाडी युवा मञ्च कुचबिहार शाखाको तर्फबाट आइतबार एउटा कार्यक्रमको माध्यमद्वारा 4 सय मानिसहरूलाई कम्बल वितरण गरियो। स्थानीय जैन मन्दिरमा एउटा कार्यक्रमको माध्यमद्वारा कम्बल वितरण गर्नको साथै सबैलाई खिचडी पनि खुवाइयो। गत तीन वर्षदेखि मारवाडी युवा मञ्चले यस कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष पवन बुच्चालगायत अन्य अतिथिगण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *