4 सुत्रीय मागमा भाजयुमो-द्वारा सिलगढी जिल्ला अस्पतालका सुपरलाई ज्ञापन

सिलगढी : 4 सुत्रीय मागलाई लिएर भारतीय जनता युवा मोर्चाले आज सिलगढी जिल्ला अस्पतालका सुपरलाई एउटा ज्ञापन पत्र चढायो। सिलगढी जिल्ला अस्पतालको सर्जिकल वार्डको शौचालयबाट झुन्डिएको अवस्थामा रोगीको शव उद्धार भएको घटनाले सनसनी मच्चिएपछि भारतीय जनता युवा मोर्चाका नेतृत्वहरूले आवाज उठाएका छन्। चिकित्साधीन रोगीको अस्वाभाविक मृत्युको सटीक जाँच गरिनुपर्ने, घटनामा कुनै लापर्वाही भेट्टाएको खण्डमा उपयुक्त कार्वाही गरिनुपर्ने, अस्पतालको सुरक्षा व्यवस्था अझ कठोर गरिनुपर्ने साथै आगामी दिनमा यस प्रकारको घटना नदोहोरियोस् भन्ने भाजयुमोका नेतृत्वहरूले माग गरेका छन्। अस्पतालका सुपरको अनुपस्थितिले गर्दा तिनीहरूले एसिस्टेन्ट सुपर अमित दत्तसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। यस विषयमा भारतीय जनता युवा मोर्चा सिलगढी सांगठनिक जिल्ला सभापति कञ्चन देवनाथले सिलगढी जिल्ला अस्पतालको कुनै पनि विभागमा पर्याप्त कर्मचारी नरहेकोले सो अत्यन्त दुर्भाग्यपूर्ण रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *