4 वटा देशी पिस्तोल सहित व्यक्ति पक्राउ

अलिपुरद्वार : 4 वटा देशी पिस्तोलसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति अलिपुरद्वारको सामुकतला निवासी दीपक झा-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान अलिपुरद्वार संलग्न वीरपाडा चौपथी इलाकाको एउटा पेट्रोल पम्मअघि पुलिसले अभियान चलाएर उक्त व्यक्तिलाई रोकेर छानबीन गर्दा 4 वटा देशी पिस्तोल उद्धार गरेको बताइएको छ। बिहारबाट पिस्तोल ल्याएर उत्तरबंगको विभिन्न जिल्लाहरूमा बिक्री गर्ने उक्त व्यक्तिको योजना रहेको थियो। जिल्ला पुलिस सुपर कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर अलिपुरद्वारको अतिरिक्त पुलिस सुपर अम्लान घोषले यसबारे जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *