500 भन्दा अधिक परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा-मा सामेल

दार्जिलिङ : 500 भन्दा अधिक परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छ। दार्जिलिङको जज बजारस्थित भागोप्रमो-को केन्द्रीय कार्यालयमा  आयोजित सामेल कार्यक्रममा 500 भन्दा अधिक परिवार पार्टीमा सामेल भएको केन्द्रीय प्रवक्ता केशव राज पोख्रेलले जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार पार्टीमा सामेल हुनेहरूमा हाम्रो पार्टी-का जीटीए सभामा प्रार्थी रहेको चुङथुङ मारेबुङ समष्टिबाट बन्टी गुरुङ, तकदाह टिस्टा भ्याली समष्टिबाट प्रबल थापा अनि हाम्रो पार्टी-का पुबछिरिङ पाण्डम समष्टिका अध्यक्ष वसन्त खालिङ छन्। यसैगरी, रङली रङलियट समष्टिबाट तृणमूलका नेता सुदेश सुब्बा, पुबछिरिङ पाण्डमबाट मधुकर शर्मा (जीटीए सभाको निर्दलीय प्रार्थी),  यहीँ समष्टिका अध्यक्ष (गोजमुमो) साथै बिमल गुरुङको निकटका नेता समीर कुलुङ राई,  जीएनएसएफ, दार्जिलिङ शाखाका पूर्व सचिव प्रिया शर्मा पनि भागोप्रमो-मा सामेल भएका छन्। ती सामेलहुनेहरूलाई प्रमोस्कर ब्लोनले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा प्रमोस्कर ब्लोनले भने, “चुङ्थुङ्ग मारेबुङका बन्टी गुरुङ भाइले म सँग बसेर ममु खायो भनेर उ माथि हाम्रो पार्टीले सङ्कुचित राजनीति गर्यो।” तिनले अझ भने, “मैले जति हाम्रो पार्टीमा बनाएको छु, त्यो चाहिँ म भत्काउँछु। त्यो मेरो अधिकार हो।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *