500 बोरा रासनको चामल र गहुँ जफत, दुईजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले ट्रकबाट 500 बोरा रासनको चामल र गहुँ उद्धार गरेको छ। यसको साथै कुचबिहार निवासी ट्रक चालक र खलासी क्रमैले हाफिजुल हक (22) र राजीब हुसेन (18)-लाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार रासनको चामल र गहुँ एउटा ट्रकमा भरेर जलपाईगढी हुँदै सिलगढीतर्फ गइरहेको गोप्य सुइँको पाएपछि राजगञ्ज थाना पुलिसले फाटापुकुर इलाकामा अभियान चलाएर उक्त ट्रकलाई रोकेर 230 कुइन्टल रासनको सामग्री उद्धार गरेको बताइएको छ। राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार ट्रक चालकले उक्त रासनको सामग्रीको वैध कागजपत्र देखाउन सकेनन्। पक्रा परेका दुईजना व्यक्तिलाई पुलिस रिमान्डमा राख्ने आवेदन गर्दै भोलि जलपाईगढी अदालतमा पठाइने तिनले बताए। घटनाको जाँच पुलिसले शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *