500 ग्राम ब्राउन सुगरसहित 2 जना पक्राउ

बाघडुग्रा : सिलगढी मेट्रोपलिटन पुलिसको बाघडुग्रा थाना र एसओजी अधिकारीहरूले संयुक्त अभियान चलाएर 500 ग्राम ब्राउन सुगरसिहत 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू जलपाईगढी तथा मालदा निवासी क्रमैले मोकाफर अली (29) र तोफाजुल एसके (30) सामेल छन्। प्राप्त जानकारीअनुसार अली र तोफाजुल एसके बाइकमा सवार भएर ब्राउन सुगर तस्करी गर्ने उद्देश्य लिएर सिलगढी गइरहेको समय बाघडुग्रा थाना र एसओजी अधिकारीहरूले संयुक्त अभियान चलाएर राङ्गापानीबाट दुईजना युवकलाई 500 ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको बताइएको छ। पक्रा परेका दुई आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *