50 घर युवाहरू गोजमुमो विनय खेमामा सामेल

गोरूबथान : कालेबुङ जिल्लामा पनि गोजमुमो दोस्रो खेमालाई समर्थन जनाउने क्रम जारी रहेको छ। यसै क्रममा आज कालेबुङ जिल्लाको गोरूबथान 43 नम्बर समष्टि अन्तर्गत पर्ने मालबस्तीका 50 घर युवाहरूले आफ्नो पार्टी त्यागेर गोजमुमो विनय खेमालाई समर्थन जनाएका छन्। पार्टीको समष्टि अध्यक्ष अजय प्रधानले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे। विनय-अनितको नयाँ सोँच नयाँ विचारलाई आत्मसात गरेर नै तिनीहरूको पार्टीलाई समर्थन जनाएको आज समर्थन गर्नेहरूले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *