50 लाख मूल्यको सैगुनको काठ सहित एकजना पक्राउ

अलिपुरद्वार : धेरै मात्रामा चोरेको सैगुनको काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा अलिपुरद्वार जिल्लाको वीरपाडा थाना पुलिसले परिवहन विभागका अधिकारीहरूलाई साथमा लिएर राष्ट्रिय राजमार्गमा नाका चेकिङ अभियान चलाए। यस समय सिलगढीगामी एउटा ट्रकलाई रोकेर रोकेर छानबीन गर्दा 600 सीएफटी सैगुनको काठ उद्धार गर्नको साथै एकजना तस्करलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको काठको अनुमानित बजार मूल्य 50 लाख रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *