50 लाख रुपियाँको ब्राउन शुगर सहित युवक पक्राउ

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर आउटपोस्ट पुलिसले 50 लाख रुपियाँ मूल्यको ब्राउन शुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम रहमान शेख (18) बताइएको छ। तिनी मालदा निवासी हुन्। घोषपुकुर आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा फाँसीदेवा ब्लकको घोषपुकुरमा अभियान चलाएर 500 ग्राम ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घोषपुकुर आउटपोस्ट पुलिसले दिएको जानकारी अनुसार एउटा ब्यागबाट 500 ग्राम ब्राउन शुगर उद्धार गरेको छ, जसको अनुमानितबजार मूल्य लगभग 50 लाख तोकेको छ। उक्त ब्राउन शुगर तस्करी गर्ने उद्देश्यले मालदाबाट सिलगढी ल्याइरहेको थियो। पक्रा परेका युवकलाई भोलि शनिबार सिलगढी महकुमा अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *