50 लाख रुपियाँको याबा ट्याबलेट सहित 4 जना पक्राउ

सिलगढी : एसटीएफ उत्तरबंग शाखाका अधिकारीहरूले 50 लाख रुपियाँको याबा ट्याबलेटसहित 4 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू कुचबिहार निवासी क्रमैले मतीउल मियाँ, जागीर हुसेन, रफीकुल हक र अजीज मियाँ सामेल छन्। एसटीएफ उत्तरबंग शाखाका अधिकारीहरूले एनजेपी थाना अन्तर्गत क्यानाल रोडमा अभियान चलाएर एउटा वाहनको तेल ट्याङ्कर भित्रबाट 50 हजार पीस याबा ट्याबलेट उद्धार गर्नको साथै 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको याबा ट्याबलेटको अनुमानित बजार मूल्य 50 लाख रुपियाँ रहेको साथै उक्त ट्‍याबलेट म्यान्मारबाट मणिपुर हुँदै सिलगढी ल्याएको एसटीएफ सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *