52 वर्षीय परितोष सरकार निखोज

सिलगढी : सिलगढीको जङ्क्सन संलग्न रामकृष्ण कोलनी निवासी 52 वर्षीय परितोष सरकार निखोज भएका छन्। परिवारका सदस्यले तिनी निखोज भएकोबारे प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरेका छन्। गत 4 फरवरीको दिन साँझको समय परितोष घरबाट निस्केपछि फर्किनआएको साथै तिनी मानसिक रूपले अस्वस्थ रहेको परिवारका सदस्यहरूले बताएका छन्। यसपछि परिवारका सदस्यहरूले आफन्त कहाँ तिनको खोज खबर गरे तापनि तिनको कुनै पत्तो नलागेपछि यसबारे थानामा लिखित अभियोग दर्ता गरेको बताइएको छ। यदि कसैले तिनलाई देखे यसबारे परिवारका सदस्यहरूलाई खबर दिइने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *