55 लाख रुपियाँको अवैध रम-रक्सी अलिपुरद्वारबाट उद्धार

अलिपुरद्वार :  अलिपुरद्वार जिल्ला आबकारी विभागले अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एउटा 16 चक्के लरीमा धेरै मात्रामा अवैध रम-रक्सी लादेर असमको तीनसुकियादेखि दिल्लीतर्फ लगिरहेको समय गोप्य सुइँको पाएर अलिपुरद्वार जिल्ला आबकारी विभागले अलिपुरद्वार जङ्क्सन इलाकामा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गर्नको साथै लरी चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ। प्लाई बोर्डमुनि लुकाएर उक्त अवैध रम-रक्सी लगिरहेको थियो। जफत गरेको मोठ 5, 317 लिटर रम-रक्सीको अनुमानित बजार मूल्य लगभग 55 लाख रुपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *