590 ग्राम ब्राउन शुगर सहित दुई जना व्याक्ति पक्राउ

सिलगढी (निसं): गोप्य सूत्रको आधारमा एसओजी र एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर ब्राउन शुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सालुगढा निवासी विशाल मुखिया र मिकी पासवान सामेल छन्। पुलिस सूत्र अनुसार आज एउटा वाहनमा ब्राउन शुगर लिएर यी दुई जना एनजेपी संलग्न ठाकुरनगर इलाकामा पुगेका थिए। यसबारे  सूचना पाउन साथ एसओजी र एनजेपी पुलिसले अभियान चलाएर उक्त वाहन जफत गऱ्यो। यसपछि वाहनमा छानबिन गर्दा वाहनबाट 2 वटा प्याकेटमा मोठ 590 ग्राम ब्राउन शुगर उद्धार गरेको छ।


 उक्त घटनामा दुई जनालाई पक्राउ गरेको छ। उद्धार गरेको ब्राउन शुगरको बजार मूल्य लगभग 50 लाख रूपियाँ रहेको बताइएको छ। आरोपी विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। यसको साथै पुलिसले घटनाको जाँच गरिरहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *