5 डेसिमल जमिनको पट्टाको विरोधमा जोइन्ट फोरम-द्वारा मार्गरेट्सहोपमा व्यापक पोस्टरिङ

दार्जिलिङ: चियाकमानमा वितरण गरिने 5 डेसिमल जमिनको पट्टाको विरोधमा आज मार्गरेट्सहोपमा जोइन्ट फोरमको तर्फबाट व्यापक पोस्टरहरू टाँसियो। राज्य सरकारद्वारा प्रस्तुत गरेको 5 डेसिमल जमिनको पट्टाको पहाडको चारैतिर विरोध भइरहेको छ। यसै क्रममा आज मार्गरेट्सहोप चियाकमानमा पाँच डेसिमल पटटाको विरोध जनाउँदै जोइन्ट फोरमले यहाँको विभिन्न ठाउँमा पोस्टरिङ गरेको छ। 5 डेसिमल परिधिभित्र बसेर परिवारबाट छुटेका सन्तानलाई कहाँ राख्नु पर्ने? जवाफ देऊ, पिता पुर्खाले आफ्नो खुन पसिना दिएर सिचेर ल्याएको आफ्नो अधीनमा रहेको सबै जमीनको पट्टा हामीलाई चाहिन्छ।


चियाबगानवासीको भविष्यलाई भड्खालोमा हाल्ने 5 डेसिमल जमीनको पट्टा चाहिँदैन आदि जस्ता लेखिएको पोस्टरहरू व्यापक रूपमा टाँसेको छ। जोइन्ट फोरमले हामी पट्टाको विरोधमा छैनौँ, हामीलाई पट्टा चाहिन्छ तर पाँच डेसिमल होइन हाम्रो पिता पुर्खाले सिचेको सबै जमीनको पट्टा चाहिन्छ भन्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *