5 हजारभन्दा अधिक आँगनबाडी अनि आशा कर्मीद्वारा सामूहिक राजिनामा

दार्जिलिङ : आगामी चुनाउलाई वहिष्कार गर्ने कडा चेताउनी दिँदै 5 हजार भन्दा अधिक आँगनबाडी अनि आशा कर्मीहरूले सामूहिक राजिनामा दिएका छन्। पश्चिम बंगाल तृणमूल कङ्ग्रेस आँगनबाडी-आशा कर्मी वेलफेयर एसोसिएसन, आँगनबाडी सेलबाट 5 हजारभन्दा अधिक कर्मचारीहरूले सामूहिक राजिनामा दिएका छन्। एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसनका राज्य समिति सदस्य पुष्प लामा, महकुमा समिति अध्यक्ष सुधा लामा, सचिव यमुना छेत्री, उपाध्यक्ष लिनिमाया तामाङ अनि कार्यकारी अध्यक्ष रञ्जना प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *