5 जनालाई बोरो चेयरम्यानको पदभार सुम्पिए मेयर गौतम देवले

सिलगढी : मेयर गौतम देव र नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले सिलगढी नगरनिगम अन्तर्गत 5 जनालाई बोरो चेयरम्यानको आज दायित्व सुम्पे। 1 नम्बर बोरो चेयरम्यान गार्गी च्याटर्जी, 2 नम्बर बोरो चेयरम्यान आलम खान, 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा, 4 नम्बर बोरो चेयरम्यान जयन्त साहा र 5 नम्बर बोरो चेयरम्यान प्रीतिकणा विश्वासलाई आज सम्मान जनाउनको साथै तिनीहरूलाई आ-आफ्नो दायित्व सुम्पेको बताइएको छ। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषदका अन्य सदस्यहरू लगायत तृणमूल तथा सीपीएमका काउन्सिलरहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *