5 किलो गाँजासहित कुचबिहारको दम्पत्ति पक्राउ

सिलगढी: 5 किलो गाँजासहित कुचबिहारको दम्पत्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरू कुचबिहारको मेखलीगञ्ज निवासी कालीकान्त ऋषि र काकली ऋषिको रूपमा चिन्हित गरिएको छ। पुलिसले गोप्य सूचनाको आधारमा झमकलाल जोतमा रोकेर स्कुटीमा छानबिन गर्दा 5 किलो गाँजा फेला परेको बताइएको छ। यसपछि पुलिसले स्कुटी जफत गर्नको साथै दुईजना लोग्ने–स्वास्नीलाई पनि पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार धेरै दिन अघिदेखि नै तिनीहरू यस धन्दामा संलग्न थिए। आरोपीहरू विरूद्ध एनडीपीएस अन्तर्गत मामिला दर्ता गरेर आज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *