5 लाख रुपियाँको अवैध साल काठसहित एकजना पक्राउ

सिलगढी : बैकुण्ठपुर वन विभागको सालुगढा रेञ्जले 5 लाख रुपियाँको सालको काठसहित शेखर साहा नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा वन कर्मीहरूले अभियान चलाएर 5 लाख मूल्यको सालको काठ उद्धार गरेको बताइएको छ। सालुगढा रेञ्ज सूत्रले दिएको जानकारीअनुसार एउटा चार चक्के वाहनमा सुकुनादेखि बिहारतर्फ काठ लगिरहेको गोप्य सुइँको पाएपछि सालगुढा रेञ्जले मतिगढा बालासन ब्रिज नजिक उक्त वाहनलाई रोकेर 200 सीएफटी काठ उद्धार गर्नको साथै वाहन चालकलाई पनि पक्राउ गरेको छ। उक्त वाहनका मालिक अभिजीत काञ्जिलाल धेरै अघिदेखि नै अवैध काठको धन्दामा संलग्न रहेको बताइएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *