5 नम्बर वार्डमा महिला तृणमूलको जन संयोग यात्रा

सिलगढी : सिलगढी नगरनिगमको पाँच नम्बर वार्डमा दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसका महासचिव रीता दासको  नेतृत्वमा आज जन संयोग यात्राको आयोजना गरियो। वार्ड पार्षद दुर्गा सिंहको सहयोगमा 5 नम्बर वार्डमा उक्त यात्रा शुरू गरियो। तृणमूल महिला कार्यकर्ताहरू यस अवधि साधारण मानिसहरूलाई राज्य सरकारद्वारा गरिएको कार्यहरूबारे अवगत गराए। रीता दासले उक्त जन संयोग यात्रालाई साधारण मानिसहरूले समर्थन गरेको बताउँदै अब धेरै संख्यामा मानिसहरूले तृणमूल कांग्रेसलाई समर्थन गर्ने आशा व्यक्त गरिन्। यस यात्रामा मिमी रायलगायत वार्ड  महिला कमिटीका कार्यकर्ता एवम् समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *