5 नम्बर वार्ड उत्सव “नवचेतना” आजदेखि शुरू

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 5 नम्बर वार्ड उत्सव “नवचेतना”-को आज एउटा रङ्गारङ्ग शोभायात्राको साथमा शुभारम्म गरियो। राज्यका पर्यटन मन्त्री गौतम देव एवम् वार्ड पार्षद दुर्गा सिंहले बलुन उडाएर संयुक्त रूपमा उक्त वार्ड उत्सवको शुरूआत गरे। आगामी 5 फरवरीसम्म चल्ने उक्त वार्ड उत्सवमा लगातार विभिन्न खेलकुद प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *