5 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसद्वारा सट पुट प्रतियोगिताको आयोजना

सिलगढी : राज्यको विभिन्न ठाउँहरूमा झैँ यता सिलगढीमा पनि खेला होबे दिवस पालन गरिरहेको छ। आज 5 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको पहलमा गङ्गानगरमा सट पुट प्रतियोगिताको आयोजना गरियो। यसबाहेक आयोजकद्वारा इलाकाको 3 वटा प्राइमेरी विद्यालयमा खेल सामग्री वितरण गरियो। यस अवसरमा इलाकाका पूर्व पार्षद दुर्गा सिंह, तृणमूल नेता अमर सिंह, संगठनका अध्यक्ष कमद पासवान, सह अध्यक्ष अभिषेक साहनी, महासचिव विकास दास, सचिव विजय साहनी, टाउन 1 नम्बर अध्यक्ष गोपाल साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *