5 सूत्रीय मागमा पश्चिमबंग सरकारी कर्मचारी समिति-द्वारा सिलगढीमा र्‍याली

सिलगढी :  बकाया महँगाई भत्ता प्रदान लगायत मोठ 5 सूत्रीय माग गर्दै पश्चिमबंग सरकारी कर्मचारी समितिले आज सिलगढीमा र्‍याली निकाल्यो। पश्चिमबंग सरकारी कर्मचारी समितिको तर्फबाट आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमको हल घरमा एउटा सभा गरेपछि स्टेडियम अघिबाट एउटा र्‍याली पनि निकाल्यो। उक्त र्‍यालीले सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि महात्मा गाँधी चोकमा पुगेर समापन गरियो। यसको साथै पश्चिमबंग सरकारी कर्मचारी समितिका प्रतिनिधि टोलीले सिलगढी महकुमाशासक कार्यालयमा एउटा ज्ञापन पत्र पनि चढायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *