5 वटा गोरूसहित एकजना युवक पक्राउ

खोरीबारी: भारत-नेपाल सिमानामा अवस्थित एसएसबीको 41औं बटालियनका जवानहरूले नेपालबाट अवैध रूपमा ल्याइरहेको गाई0 गोरूहरू जफत गरेको छ। यसको साथै घटनामा संलग्न एकजना युवकलाई पनि पक्राउ गरेको छ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार एसएसबी 41औं बटालियन कदोमनी जोत डी. कम्पनीका जवानहरूले पेट्रोलिङ गरिरहेको समय अवैध रूपले नेपालबाट गाई-गोरूहरू ल्याइरहेको देखे। यसपछि जवानहरूले ती गाई-गोरूहरू भारतमा ल्याउन दिएनन्। वैध कागज पत्र माग्दा देखाउन नसके पछि एसएसबी-का जवानहरूले त्वरित कार्वाही गर्दै पाँच वटा गाई-गोरूसहित एकजना युवकलाई पक्राउ गरे। गाई-गोरूसहित पक्रा परेको युवकलाई खोरीबारी पुलिस थानालाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *