60 वर्षीय टीका मगरलाई भेटेर बाडीओ सामीरूल ईस्लामद्वारा खाद्यान्न अनि आर्थिक सहयोग

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्ड विकास अधिकारी सामीरूल ईस्लामले आज पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजुङ चियाबगानको शङखमान गाउँमा भ्रमण गरेपछि 60 वर्षिया टीका मगरसँग भेटघाट गरेर तिनको अवस्था बारे जानकारी लिए । विभिन्न सामाजिक सञ्जाल अनि सञ्चार माध्यममार्फत तिनको सोंचनीय अवस्था बारे खबर प्रसारण भएपछि आज खण्ड विकास अधिकारी सामीरूल ईस्लाम, पोख्रेबोङ ग्राम पञ्चायत तीन-का एक्ज्युकेटिभ एसिस्टेन्ट महेन्द्र सिन्चुरी, ग्राम पञ्चायत दुईका ग्राम साहयिका समिरा ठाकुरी, मबिन तामाङ लगायत अन्यको टोलीले टिका मगरको घरमा पुगेर तिनको अवस्था बारे जानकारी लिए। खण्ड विकास अधिकारीले तिनलाई खाद्यान्न अनि आर्थिक सहयोग प्रदान गरे। तिनको निम्ति सबै आश्वयक कार्य अनि पाउनु पर्ने सबै सरकारी साहुलियतको प्रक्रियालाई चाँडै पूर्ण गरिदिने खण्ड विकास अधिकारी ईस्लामले ग्राम पञ्चायतलाई निर्देशन दिए। तिनको दस्तावेजलाई पनि सठिक पार्ने प्रक्रियालाई अघि बढ़ाउने साथै जबसम्म टिकाको रासन कार्ड जारी हुँदैन तबसम्म तिनलाई नजिकको राशिन डिलरमार्फत महिनाभरिको राशन प्रदान गरिने व्यवस्था गरिने आश्वासन पनि बीडीओ-ले दिएका छन्। सुके खण्डमा प्राय: चार-पाँच बर्षको अन्तराल पछि यसरी ग्राउण्ड जिरोमा पुगेर जनसाधारणको दुःख अनि अवस्थालाई बुझेर समस्यालाई समाधान गर्ने प्रयास खण्ड विकास अधिकारीबाट भएको देखिएको छ। खण्ड विकास अधिकारीको यस पहल अनि कार्यलाई स्थानीय मानिसहरूले सरहना गरेका छन्। वृद्धा टिका मगरले पनि यसरी दैनिक रूपमा सहयोग पुऱ्याउने संस्था अनि खण्ड विकास अधिकारी प्रति आभार प्रकट गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *