60 लाख रूपियाँको ब्राउन शुगर सहित 3 जना पक्राउ

सिलगढी (निसं): एसओजीसिलगढी थाना अनि खालपाड़ा आउट पोस्ट पुलिसले सिलगढीको बर्द्धमान रोडबाट आज अपरान्ह 3 जनालाई 60  लाख  रूपियाँको ब्राउन शुगर सहित पक्राउ गरेको छ। पुलिसले पक्रा पर्नेहरूबाट 300 ग्राम ब्राउन शुगर उद्धार गरेको छ। सूत्रले दिएको जानकारी अनुसार सिलगढीको बर्द्धवान रोडमा आज लाखौं रूपियाँ मूल्यको ब्राउन शुगर तस्करी हुनेबारे पुलिसले गोप्य सूचना  पाएको थियो। यसपछि पुलिसले घटनास्थलमा पुगेपछि अभियान चलाएर अजीजुर रहमान, हबीबुर शेख र मोहम्मद नासिरलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अजीजुर र हबीबुर मालदा निवासी हुन् भने नासिर सिलगढीको झंकारमोड़ इलाका निवासी बताइएको छ। बर्द्धवान रोडमा आज अपरान्ह नासिर ती दुई जनाबाट ब्राउन शुगर ल्याउनको लागि गएका थिए। यता, डेपुटी म्याजिस्ट्रेटको उपस्थितिमा भिडियोग्राफी गरेर पुलिसले तीनै जनालाई पक्राउ गरेर ब्राउन शुगर जफत गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *