60 लाख रुपियाँ मूल्यको प्रतिबन्धित चकलेट बम जफत, 2 जना हिरासतमा

सिलगढी : लुगाफाटा र कप प्लेटको आड़मा प्रतिबन्धित पटेकाको तस्करी गरिरहेको आरोपमा स्पेशल अपरेशन ग्रुप (एसओजी) तथा मतिगढा थाना पुलिसले ट्रक चालक र खलासीलाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार कोलकाताबाट (WB/57A/4716) नम्बरको ट्रकमा धेरै मात्रामा प्रतिबन्धित पटेका असम र त्रिपुरामा पठाइरहेको एसओजीले गोप्य सुइँको पाएपछि एसओजी र मतिगढा थाना पुलिसले संयुक्त रूपमा मतिगढाको परिवहन नगर बस स्ट्यान्डमा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लुगाफाटा र कप-प्लेटको आड़मा लुकाएर राखेको 15 बोरा प्रतिबन्धित चकलेट बम उद्धार गरेको छ। उद्धार गरेको चकलेट बमको अनुमानित बजार मूल्य लगभग 60 लाख रुपियाँ रहेको बताइएको छ। पुलिसले ट्रक चालक र खलासीलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *