60 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको दार्जिलिङ लेबोड़ बदमताम समष्टि अन्तर्गत अप्पर गिङ्ग ढाँड गाउँमा आज एबी गुरूङको सभापतित्वमा एउटा सभाको आयोजना गरियो। उक्त सभामा समष्टि अध्यक्ष योगेन्द्र प्रधान, महासचिव महेन्द्र राई, उप सभापति फुर्बा तामाङ, सह सचिव सुरेश चन्द्र राई साथै अन्य प्रतिनिधिहरूको उपस्थितिमा आज 60 परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। यसपछि सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अप्पर गिङ्ग ढाँड गाउँ प्रशाखा कमिटी पनि गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *