62 लाख रुपियाँको ब्राउन सुगर सहित व्यक्ति पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्टेसल अपरेसन ग्रुप तथा एनजेपी थाना पुलिसले संयुक्त अभियान चलाएर 62 लाख रुपियाँको ब्राउन सुगर सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति मालदाको कालियाचोक निवासी 53 वर्षीय जिनातुल्ला फिरदोसको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा एसओजी र एनजेपी थाना पुलिसले फुलबारी इलाकामा संयुक्त अभियान चलाएर एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा 305 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा पर्ने व्यक्ति धेरै दिन अघिदेखि मादक पदार्थको तस्करीमा संलग्न रहेका थिए। हिजो उक्त व्यक्तिले मालदाबाट ब्राउन सुगर ल्याएर बिक्री गर्ने उद्देश्यमा सिलगढी आएका थिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *