62 लाख रुपियाँको ब्राउन सुगरसहित पक्राउ गरेको दुईजना युवक 5 दिनको पुलिस हिरासतमा

सिलगढी : प्रधान नगर थाना पुलिसले धेरै मात्रामा ब्राउन सुगरसहित दुईजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 5 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेका युवकहरू मालदाको कालियाचक निवासी एमडी सोहेल विश्वास (19) र एमडी सुलेमान (20) सामेल छन्। प्राप्त जानकारी अनुसार एमडी सोहेल र एमडी सुलेमान 260 ग्राम ब्राउन सुगरको तस्करी गर्नको लागि कालियाचकबाट हिजो राति सिलगढी आइपुगेका थिए। यसपछि ती दुई युवक ब्राउन सुगर लिएर संदिग्ध अवस्थामा मल्लागढीमा यताउता घुमफिर गरिरहेको प्रधान नगर थाना पुलिसले गोप्य सुइँको पाएपछि पुलिसले मल्लागढीमा पुगेर ती दुई युवकलाई पक्राउ गरेर छानबीन गर्दा ब्राउन सुगर उद्धार गरेको बताइएको छ। जफत गरेको मोठ 260 ग्राम ब्राउन सुगरको अनुमानित बजार मूल्य 62 लाख रुपियाँ रहेको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *