650 रूपियाँमा सिलगढी लायन्स नेत्रालयमा कोरोना भ्याक्सिन उपलब्ध

सिलगढी : सिलगढी लायन्स नेत्रालयमा 650 रूपियाँमा कोरोना भ्याक्सिन उपलब्ध रहेको छ। सिलगढी लायन्स नेत्रालयका सदस्यहरूले आज पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। यस अवसरमा सिलगढी लायन्स नेत्रालयको रिजन 3 चेयरपर्सन जयन्त साहाले भने, लायन्स नेत्रालयमा मात्र 650 रूपियाँमा कोभिशील्डको पहिलो र दोस्रो खुराक उपलब्ध रहेको छ। 18 वर्षभन्दा अधिक उमेर पुगेका सबै मानिसहरूले लायन्स नेत्रालयमा आएर कोरोनाको टीका लगाउन सक्नेछन्। उक्त सेवा बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म प्रदान गरिनेछ।  यस अवधि राजू लखोटिया, किशोर चाचान, जीएमटी को-अर्डिनेटर सुरेश अग्रवाल, रामकुमार अग्रवाल, निर्मल साहा, सञ्जय मित्तल र श्याम कन्सल उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *