690 अङ्क हासिल गरेर अलिपुरद्वारका अभिक दास राज्यमा चौथो स्थानमा

अलिपुरद्वार : अलिपुरद्वारका अभिक दासले माध्यमिक परीक्षामा 690 अङ्क प्राप्त गरेर राज्यमा चौथो स्थान हासिल गरेका छन्। अलिपुरद्वारको पूर्व आनन्दगढ 5 नम्बर वार्ड निवासी अभिक अलिपुरद्वारको म्या क्विलियम हाई स्कुलको छात्र हुन्। तिनको बाबु प्रबीर दास पेशाले शिक्षक एवम् आमा गृहिणी हुन्। अभिकले बङ्ग्लामा 95, अंग्रेजीमा 100, गणितमा 100, भौतिक विज्ञानमा 100, जीव विज्ञानमा 99, इतिहासमा 96 र भूगोलमा 100 अङ्क प्राप्त गरेका छन्। अभिकले भने, अफलाइन मार्फत् परीक्षा दिन पाउँदा निक्कै राम्रो लाग्यो। किनभने धेरै क्षेत्रमा अनलाइन परीक्षामा सटीक मूल्याङ्कन हुँदैन। अफलाइन मार्फत् माध्यमिक परीक्षा दिएर चौथो स्थान हासिल गरेकोमा आफूलाई निक्कै खुसी लागेको छ। प्रतिदिन 7-8 घण्टा पढ्ने गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *