6 वर्षीय नाबालिगासित यौन उत्पीडन गरेको आरोपमा एकजना युवक पक्राउ

सिलगढी: 6 वर्षीय नाबालिगासित यौन उत्पीडन गरेको आरोपमा स्थानीय मानिसहरूले एकजना युवकलाई पक्राउ गरेर प्रधान नगर थाना पुलिसलाई सुम्पिदिएको छ। आरोपीलाई हिरालाल साहाको रूपमा चिन्हित गरिएको छ। उक्त घटना शनिवार साँझ सिलगढीको प्रधान नगर थाना ईलाकामा घटेको बताइएको छ। प्राप्त जानकारी अनुसार आरोपी हिरालाल साहालाई 6 वर्षीय नाबालिगासित अश्लील व्यवहार गरिरहेको देखेपछि गाउँलेहरूले पक्रिएर बाँधेपछि कुटपिट पनि गरे। यसपछि घटनाबारे प्रधान नगर थाना पुलिसलाई जानकारी गराए।


खबर पाएर पुलिस घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गऱ्यो भने पीडिताको परिवार पक्षबाट थानामा लिखित अभियोग दर्ता गरिएको बताइएको छ। पुलिसले पोक्सो एक्ट अनुसार मामिला दर्ता गरेर आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो।   

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *