6 फुट लामो अजिङ्गर उद्धार

राजगञ्ज : खेतीको जमिनबाट 6 फुट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान जलपाईगढी संलग्न तालमा जहरी इलाकामा स्थानीय मानिसहरूले खेतीको जमिनमा एउटा अजिङ्गर जालमा अड्केको देखेपछि यसबारे ग्रीन जलपाईगढी स्वेच्छासेवी संगठनलाई खबर दिए। ग्रीन जलपाईगढी स्वेच्छासेवी संगठनका सदस्यहरू घटनास्थलमा पुगेर धेरै समयको प्रयासपछि उक्त अजिङ्गरलाई उद्धार गरे। उक्त अजिङ्गरलाई वन विभागलाई सुम्पिदिने संगठनका सदस्य अङ्कुर दासले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *