6 माईल फरेस्ट बस्तीका 30 परिवार भारतीय जनता पार्टीमा सामेल

दार्जिलिङ (निसं): पञ्चायत चुनाउको परिणाम भएको लगत्तै पछि तकदाह ग्लेनबर्न मण्डल अधिनस्थ 6 माईल फरेस्ट बस्तीका 30 परिवारले विभिन्न दलहरु त्यागेर भारतीय जनता पार्टीको झण्डा ग्रहण गरे। 6 माईल बजारको सार्वजनिक भवनमा वयोवृद्ध पेम्बा छिरिङको अध्यक्षतामा बसेको सभामा राज्य समिति सदस्य संजीव लामा अनि मण्डल अध्यक्ष सुख हाङ सुब्बाद्वयको बाहुलीबाट तिनीहरूलाई खदा लगाइ दिनको साथै अनि दलिय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। उक्त सभामा 24/72 बुथ समिति गठन पनि गरियो। यस अवसरमा गत पञ्चायत चुनाउमा यस क्षेत्रका पार्टी उम्मेदवारहरुलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *