6 सूत्रीय मागलाई लिएर डीवाईएफआई र एसएफआई-ले गर्‍यो प्रदर्शनी

इस्लामपुर : पोस्ट अफिस निर्धारित समयसम्म खोलिनुपर्ने लगायत अन्य मोठ 6 सूत्रीय मागलाई लिएर डीवाईएफआई र एसएफआई-ले आज इस्लामपुर पोस्ट अफिसमा डेपुटेसन दिनको साथै पोस्ट अफिस अघि प्रदर्शन गरियो। डीवाईएफआई लोकल कमिटीका सचिव सुमन दास अनि एसएफआई-का सचिव कनक सरकारले संयुक्त रूपमा बताएअनुसार धेरै समय अघिदेखि पोस्ट अफिसको मुख्य दैलो निर्धारित नखोलिएकोले गर्दा मानिसहरूलाई धेरै असुविधा भइरहेको थियो। यसैले निर्धारित समयसम्म पोस्ट अफिसको मूल दैलो खोलिनुपर्ने लगायत अन्य विषयहरूलाई लिएर आज ज्ञापन चढाइएको बताए। यदि माग पुरा नभए वृहत्तर आन्दोलन गर्ने चेताउनी पनि दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *