6 सूत्रीय मागमा बाघडुग्रा थानाका ट्राफिक ओसीलाई ज्ञापन

बाघडुग्रा : बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट आज 6 सूत्रीय मागलाई लिएर बाघडुग्रा थानाका ट्राफिक ओसीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। आज पानीघट्टास्थित पार्टी कार्यालयबाट एउटा विरोध र्‍याली निकालिइयो। यसपछि बाघडुग्रा थानाका ट्राफिक ओसीसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाइयो। यस सम्बन्धमा नक्सलबारी ब्लक कङ्ग्रेस अध्यक्ष अमिताभ सरकारले भने वर्तमानमा सरकारी बस जस्तै केही बसहरू सड़कमा चलिरहेकोले गर्दा मानिसहरू उक्त बसलाई सरकारी बस सम्झेर भ्रमित भइरहेका छन्। उक्त ज्ञापन पत्रमा बाघडुग्रा-सिलगढी रूटमा म्याजिक अटोले यात्रीहरूबाट मनमानी भाडा लिइरहेको छ। बाघडुग्रा पानीघट्टा मोड़मा चाँडै इलेक्ट्रिक ट्राफिक सिग्नल, गाउँको सड़कहरूमा 18 वर्षभन्दा कम उमेरका ट्र्याक्टर चालकहरूविरुद्ध कार्वाही, अँध्यारो फ्लाईओभरमा असामाजिक गतिविधिहरूमाथि रोक लगाउनुपर्ने आदि जस्ता मागहरू उल्लेख गरिएको छ। यी सबै मागहरूलाई लिएर आज बाघडुग्रा अञ्चल कङ्ग्रेसको तर्फबाट उक्त ज्ञापन पत्र चढाएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *