700 ग्राम सुनका बिस्कुट सहित सिलगढीबाट युवक पक्राउ

सिलगढी (निसं):  डीआरआई र कस्टम पीएनआई युनिटले संयुक्त रूपमा सिलगढीको बर्दमान रोडमा अभियान चलाएर लगभग 35 लाख 66 हजार रूपियाँको सुनका बिस्कुटहरू सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवक बिहारको समस्तीपुर निवासी रोहित कुमारको रूपमा चिन्हित गरिएको छ। तिनीबाट 6 वटा सुनका बिस्कुट उद्धार गरिएको छ, जसको ओजन 700 ग्राम रहेको छ।  आरोपी रोहित कुमारलाई गैरकानूनी रूपले सुन तस्करी गरेको आरोपमा आज कस्टम एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गऱ्यो। तथापि, अदालतमा पेश गरेपछि न्यायाधीशले आरोपी रोहित कुमारको जमानत याचिका स्वीकार गरेको बताइएको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *