70 वर्षीय वृद्धासित दुष्कर्म गर्ने व्यक्ति पक्राउ, पीडित वृद्धा आशंकाजनक अवस्थामा

सिलगढी : सिलगढीमा एउटी 70 वर्षीय वृद्धासित दुष्कर्म गरेको आरोपमा खालपाड़ा आउट पोस्ट पुलिसले हिजो एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी महकुमा अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति विष्णु साहको रूपमा चिन्हित गरिएको छ। उक्त व्यक्ति आफ्नो स्वास्नी र नानीसित सिलगढी नगरनिगमको 5 नम्बर वार्डस्थित वृद्धाको घरमा भाडामा बस्दै आइरहेका थिए। प्राप्त जानकारीअनुसार आइतबारको दिन उक्त वृद्धा घरमा एक्लै भएको फाइदा उठाएर विष्णु साहले तिनीसित दुष्कर्म गरेको आरोप रहेको छ। घटनापछि वृद्धा अस्वस्थ्य भएपछि परिवारका सदस्यहरूले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल तिनको अवस्था अशंकाजनक अवस्थामा रहेको बताइएको छ। घटनापछि आरोपी व्यक्ति बिहार भाग्ने तर्खरमा थिए भने गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाएर 5 नम्बर वार्ड इलाकाबाट तिनलाई पक्राउ गरेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *