70 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार, 3 जना पक्राउ

राजगञ्ज : तस्करी गर्न अगावै बेलाकोवा रेञ्जका वन कर्मीहरूले 70 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ सहित 3 जना तस्करलाई पक्राउ गरेको छ।  पक्रा परेकाहरूमा स्वपन ठाकुर, मोहम्मद सद्दाम हुसेन र नन्दवीर सिंह सामेल छन्। तिनीहरूमध्ये स्वपन कुचबिहार निवासी, मोहम्मद सद्दाम असम निवासी र नन्दवीर उत्तरप्रदेश निवासी हुन्। गोप्य सूचनाको आधारमा आज बिहान बेलाकोवा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको सारियाम इलाकामा अभियान चलाएर एउटा कन्टेनरलाई रोकेर छानबीन गर्दा 70 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गर्नको साथै 3 जना तस्करलाई पनि पक्राउ गरेको छ। वन सूत्रले दिएको जानकारी अनुसार लगभग 70 लाख रुपियाँ मूल्यको बर्मा टीक काठ उद्धार गरेको छ। उक्त काठ गुवाहाटीबाट कलकत्तातर्फ लगिरहेको थियो। पक्रा परेका 3 जना तस्करलाई भोलि मंगलबार जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *